१४ बैशाख २०८१, शुक्रबार

कालोबजारी गर्ने प्रहरीको नियन्त्रणमा

black market businessman

वीरगंज महानगरपालिका-१ छप्कैयाबाट कालोबजारी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जगनारायण पटेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको मौका छोपेर  कालोबजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका पटेल पक्राउ परेका हुन् ।

लकडाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनको लागि खटिएको प्रहरीले पटेलले बजार मूल्य भन्दा दोब्बर, तेवर मूल्यमा आलु र प्याज कालोबजारी गरी बेचिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बजार मूल्य भन्दा दोब्बर, तेब्बर मूल्यमा आलु र प्याज प्रति किलो १ सय रुपैयाँको दरले कालोबजारी गरी बेची रहेको अवस्थामा पटेललाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए ।

यस्तै लकडाउनको अवज्ञा गरी रामटोलस्थित सडक छेउमा माछा बिक्री गरिरहेको अवस्थामा प्रहरीले वीरगञ्ज–७ रामटोलका २९ वर्षीय पप्पु साह तुरहालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट गएको टोलीले १५ किलो माछासहित तुराहालाई नियन्त्रणमा लिएको थियो ।