२० बैशाख २०८१, बिहीबार

चैतको विद्युत महसुलमा २० प्रतिशत छुट, ३८ लाख ग्राहक लाभान्वित

barshamaan pun

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरणका ३८ लाख उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि इन्डक्सन प्रयोगकर्ता ग्राहकलाई छुट दिने भनिएकामा सबै गार्हस्थ्य ग्राहकलाई छुट दिने निर्णय प्राधिकरणले गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने निर्णय भएको हो।

३८ लाख ग्राहकले विद्युत महसुलमा छुट पाउने भएका छन्। १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिइने भएको हो। ३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोडको असर पर्छ।