१३ बैशाख २०८१, बिहीबार

लकडाउन उल्लंघन गर्ने लाई प्रहरीले सिधै क्वारेन्टाइन लग्ने

lockdown avoiding
तस्विर्: रासस

बिनाकारण घर बाहिर निस्किने क्रम नरोकिएपछी नेपाल प्रहरिले अघ्घ्ल्लो दिनहरु भन्दा फरक निती अपनाउँदै छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा राख्ने भएको छ। कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको हाे।

यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि परिसरले दुईवटा गाडीमा प्रहरीको विशेष टोली परिचालन गरेको छ। टोलीमा रहेका प्रहरीले आफूसँग भएको उपकरणमार्फत २–३ फिट टाढैबाट बाहिर हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिनेछ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार ‘ती दुई गाडीमा रहेका प्रहरीको गस्ती सानासाना गल्लीमा पनि जान्छन्। अनावश्यक रुपमा हिँडिरहेकालाई हामीसँग भएको उपकरणले नियन्त्रणमा लिन्छौँ’ उनले भने, ‘यसरी नियन्त्रणमा लिएकालाई प्रहरीको क्वारेन्टाइनमा राखिनेछ।’

‘सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो, बिनाकाम लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने । उनका अनुसार यसरी पक्राउ परेकालाई अन्य थुनुवासँग नराखी छुट्टै नै राखिनेछ । ‘लकडाउन उल्लंघनपछि पक्राउ परेकालाई अन्य थुनुवासँग होइन, छुट्टै राख्ने गरी व्यवस्था मिलाइएको छ,’ पाखेरेलले थपे ।

उनका अनुसार शुक्रबार बिहानबाट साँझसम्म काठमाडौंबाट मात्रै प्रहरीले लकडाउन उल्लंघन गर्ने ४९ जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म नेपालमा विदेशबाट आएका चारजना कोरोना संक्रमित बिरामी फेला परेका छन् ।