
चितवनको सौराहामा आयोजित एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाउनुभएको थियो । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बिएको हो । घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ ।
न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता पनि एमालेले व्यक्त गरेको छ ।
घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमालेले एकतावद्ध हुन आह्वान समेत गरेको छ ।