८ बैशाख २०८१, शनिबार

अदालतमा ‘सेटिङ’मा फैसला हुने गरेको एमालेको ठहर

UML banda satra 768x319 1

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलामा ‘सेटिङ’ भएको अहिले देखिएको न्यायालय विवादले पुष्टि गरेको निष्कर्ष निकालेको छ ।

चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनबाट जारी १७ बुँदे घोषणापत्रमा संसद विघटन बदर र पाँच दलीय गठबन्धनको सरकार बनाउने अदालतको परमादेश सेटिङमा भएको भनिएको छ । न्यायालयमा देखिएका विवाद त्यसैको ‘वाइप्रडक्ट’ भएको एमालेको निष्कर्ष छ ।

एमालेले सर्वोच्च अदालतमा देखिएका बेथितिप्रति खेद व्यक्त गर्दै निश्चित स्वार्थ समूहको स्वार्थपूर्तिका लागि न्यायलाई वञ्चित गर्ने क्रियाकलापको भत्र्सना गरेको छ । यस्तै महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ ।

महाधिवेशनले एमाले नेतृत्वको सरकारले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरा गर्न माग गरेको छ ।