नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका दुवै उम्मेदवारलाई ७५ जनाको ‘नो भोट’

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदानमा ७५ मत अध्यक्षका दुवै प्रत्यासीका विरुद्ध खसेका छन् ।
एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार ७५ जनाले दुवै अध्यक्षलाई नो भोट गरेका हुन् । आगामी कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा ओली पुनः पाँच वर्षका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले १८०८ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी रावलले २१३ मत पाउनुभएको छ ।
यस्तै उपाध्यक्षमा उम्मेदवार बन्नुभएका घनश्याम भुसाल पराजित हुनुभएको छ । भुसालले सबैभन्दा कम ७२५ मत ल्याउनुभएको छ । निर्वाचित उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६ , सुरेन्द्र पाण्डे १९२५ ,सुवास नेम्बाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२, रामबहादुर थापा बादल १७६८ रहनुभएको छ ।
एमालेको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।