१३ बैशाख २०८१, बिहीबार

निर्विरोध निर्वाचित ५ पदाधिकारी नेकपा एमालेमा

UML banda satra 768x319 1

नेकपा एमालेमा ५ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि इश्वर पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको छ ।

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।

उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।