१२ बैशाख २०८१, बुधबार

ओलीले प्रस्तुत गरेका सबै पदाधिकारी विजयी, रावलसहित सबै पराजित

kpoli1638158346

नेकपा एमालेको १० औँ महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । ओलीकै सूचीबाट पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित भएका छन ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा ओली नै निर्वाचित हुनुभएको छ । सर्वसम्मत हुने इच्छा राखेका ओलीलाई भीम रावलले चुनौति दिएपछि मतदानबाट ओली विजयी हुनुभएको हो । ओलीको पक्षमा १ हजार ८ सय ४० मत परेको छ भने उहाँका प्रतिद्वन्द्वी रावलले २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याउनुभएको छ । उपाध्यक्षहरुमा सुरेन्द्र पाण्डे, सुवास नेम्बाङ, विष्णु पौडेल, युवराज ज्ञवाली । रामबहादुर थापा बादलले जित हात पार्नुभएको छ । ओलीको सूचीमा नपरेका घनश्याम भुसाल पराजित हुनुभएको छ ।

त्यस्तै सचिवमा ओलीका सूचीमा नपरेका भीम आचार्य र टंक कार्की पनि पराजित हुनुभएको छ । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्या अर्याल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ विजयी हुनुभएको छ ।

यसअघि वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।