७ बैशाख २०८१, शुक्रबार

सर्वसम्मत एमाले महासचिव शंकर पोखरेल चयन

shankar pohkrel
फाइल फोटो

नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाकाे केन्द्रीय कमिटीकाे सूचीकाे अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।