१५ चैत्र २०८०, बिहीबार

रावलको महाधिवेशनको प्रक्रियाप्रति आपत्ति

bhim rawal
फाइल फोटो

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अधिवेशनको प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ । एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका रावलले ट्वीट गर्दै महाधिवेशनको प्रक्रियाप्रति आपत्ति जनाउनुभएको हो ।

मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा जारी महाधिवेशनमा ११ गते उम्मेदवारी सम्बन्धी प्रक्रिया पूरा गरेर १२ गते मतदान नभएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

रावलले ११ र १२ गते दिनभर अधिवेशनको कुनै काम नगरेर केही व्यक्तिले विधि, पद्धति र निर्णय विपरीत गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले यसले पार्टीको हित नगर्नेसमेत बताउनुभएको छ ।

‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारी सम्बन्धी प्रकिया पूरा गरेर १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभर अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ’, रावलले ट्वीटमा लेख्नुभएको छ ।

मतदान नगरी सहमतिको आधारमा नयाँ पदाधिकारीको नाम घोषणा गर्ने तयारी भएपछि रावलले महाधिवेशनको प्रक्रियाप्रति आपत्ति जनाउनुभएको हो ।

एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।