१३ बैशाख २०८१, बिहीबार

बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म राजीनामा माग गर्दै मार्चपास गर्ने

nepal bar movements 1
फाइल फोटो

नेपाल बार एसोसिएसनले बिहीवार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

प्रधानन्यायाधीश चाेलेन्द्र समशेर राणाकाे राजीनामा माग गर्दै आन्दोलनरत बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेकाे हाे ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिनुभयो । उहाँले मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने जानकारी दिनुभयो ।

यसैगरी, बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रमको आयोजना गर्ने बारका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रधानन्यायाधीशका गतिविधिलाई रोक्न बालुवाटारसम्म मार्चपास गर्नुपर्ने अवस्था आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बारले सोमबार मात्र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई ज्ञापनपत्र बुझाएको थियो ।