८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट थप ९ जनाको निधन, ३५१ संक्रमित थपिँदा २७३ संक्रमणमुक्त

corona insurance

नेपालमा ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् भने थप नौ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय २९ पीसीआर परीक्षणमा ३ सय १३ र १ हजार ४ सय ४५ एन्टीजेन परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल परीक्षणको तीन दशमलब चार चार प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौँ उपत्यकाका १ सय ४४ जना छन् । जसमा काठमाडौँका १ सय ५, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

उपत्यकाबाहिर सबैभन्दा धेरै झापाका २६ जना छन् । पछिल्लो पटक २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । थप नौ जनाको निधन भएपछि नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।

अहिले देशभर ७ हजार तीन सय जना सक्रिय संक्रमित छन् । जसमध्ये आइसीयूमा २ सय २३ र ५१ जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो पटक ९८ हजार ५ सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।