१४ बैशाख २०८१, शुक्रबार

सहमति नभए चुनावबाटै नेतृत्व चयनः अध्यक्ष ओली

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए चुनावबाटै नेतृत्व चयन हुने बताउनु भएको छ ।

काठमाडौंमा सम्पादकहरुसँगको अन्तर्क्रियामा ओलीले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने बताउनुभयो ।

सहमति वा चुनाव भए पनि आफुले कसैलाई दबाब नदिने उहाँको भनाइ छ । अध्यक्ष ओलीले नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताउनुभयो ।

एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीको यस्तो प्रतिकृया आएको हो ।

अध्यक्ष ओलीले अहिलेसम्म आफूले उम्मेदवारी घोषणा नगरेको भन्दै उपाध्यक्ष रावलले आफूलाई चुनौती दिए स्वागत गर्ने बताउनुभयो ।

तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई पार्टीले कारवाही गरेको र निष्कासित व्यक्तिको गुटलाई कुनै पार्टीको नेताको हैसियतमा महाधिवेशनमा बोलाउन नसकिएको उहाँको भनाइ छ ।

नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पार्टीबाट बाहिरिएर हाइसन्चो भएको बताउनुभयो । एउटा समूहले एमाले छोडे पनि एमालेका मतदात नघटेको बरु बढेको ओलीको दावी छ ।