१६ चैत्र २०८०, शुक्रबार

एकीकृत समाजबादीलाई भाग नपुगेपछि प्रदेश २ का मन्त्री राम नरेश राय बर्खास्त

ram narayan ray

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायलाई बर्खास्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो । यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए । तर, उनले मानेका थिएनन् । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ । एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ । यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगाो लागिनसकेको स्रोतले जनायो ।