७ बैशाख २०८१, शुक्रबार

सम्पूर्ण इजलासमा भोलि बहस, कानुन व्यवसायीले गरे पैरवी नगर्ने घोषणा

nepal bar assaocitation

सर्वोच्च अदालतका कानुन व्यवसायीहरुले भोलि सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्चमा धर्ना दिएका थिए ।

त्यस्तै आज सर्वोच्च अदालतमा धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बारले बहस पैरवी नगर्ने घोषणा गरेको हो ।

त्यस्तै विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारी अनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी गर्ने छैनन् ।