१४ बैशाख २०८१, शुक्रबार

हित गर्ने देखिएन एमसीसीले, फिर्ता लैजान आग्रह गर्दछु : बामदेव गाैतम

bamdev gautam

राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएकाे छ ।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत भइसक्नुभएका गौतमले एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न अनुरोध गर्नुभएकाे हाे ।

एमसीसीबारे जनमत बाझिएकाले फिर्ता लैजानु नै श्रेयस्कर हुने नेकपा एकता राष्ट्रिय अभियानकाे संयाेजककाे हैसियतमा गाैतमले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

“एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ । नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु,” विज्ञप्तिमा भनिएको छ“ यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

एमसीसीसँग गरिएको सम्झौता पछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिरहेको र छिमेकीसँगकाे सम्बन्ध बिग्रिने सम्भावना रहेकाले एमसीसी फिर्ता लैजानु श्रेयष्कर हुने उहाँकाे भनाइ छ ।

120946167bam