७ बैशाख २०८१, शुक्रबार

अस्ताउँदो सूर्यलाई अर्घ दिएर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा छठीमाताको पूजा अर्चना

bidhya bhandari chhath 65

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गर्नुभएको छ ।

आज काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिनुभएको हो । कमलपोखरीमा अर्घ्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको थियो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । जनकपुरका पोखरीहरु अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ ।

खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ ।