
नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट लेभी उठाउने निर्णय गरेको छ ।
हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने निर्णय भएको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो । पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । एमालेले पार्टी सदस्य संख्या सात लाख पुगेको दावी गरेको छ । एमालेले महाधिवेशनका लागि कुनै चन्दा नउठाउने निर्णय गरेको छ ।
महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाइने पाण्डेले जानकारी दिनुभयो । लाभको पदमा रहेकाहरुबाट समेत निश्चित रकम संकलन गरेर महाधिवेशन हुने पाण्डेले बताउनुभयो ।