१३ बैशाख २०८१, बिहीबार

सरकार सफलतातिर अघि बढिरहेको छ: मन्त्री खाँण

Balkrishna khad 1
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले छोटो अवधिमा जनता तथा देशको पक्षमा धेरै कार्यक्रम गरेकाले सरकार सफलतातिर अघि बढेको बताउनुभएको छ ।

नेपाली काँग्रेस, धनुषाले जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेलामा मन्त्री खाँणले विद्युत् महसुल घटाइएको र गरिब परिवारलाई १० हजार राहत दिने प्रक्रिया अघि बढाइएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता समेत रहनुभएका गृहमन्त्री खाँणले विशेष परिस्थितिमा बनेको वर्तमान गठबन्धन सरकार आफ्नो गतिमा नै अगाडी बढेको बताउनुभयो । विभिन्न अधिकारहरूको संरक्षण तथा संविधानको रक्षाका लागि गठबन्धन सरकार सफल भएको उहाँको भनाइ छ ।

काँग्रेसभित्र कुनै प्रकारको विवाद नगर्न तथा पार्टी हित विपरीतका कुनै गतिविधिमा नलाग्न मन्त्री खाँणले कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।