१४ बैशाख २०८१, शुक्रबार

यथास्थितिमा एमसीसी संसद्‍बाट पारित गर्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

Narayankaji
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय हितविपरीत हुने प्रावधानहरु नसच्याएसम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्वीकार गर्न नसकिने बताएका छन् ।

उनले आफ्नो पार्टीको आधिकारिक धारणसमेत भएको भन्दै सामाजिक सञ्जालमार्फत् यथास्थितिमा एमसीसी स्वीकार गर्न नसकिने र संसद्‍बाट पारित गर्न नसकिने बताएका हुन् ।

श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,“नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हितविपरीतका प्रवधानहरु नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसद्‍बाट पारित गर्न सकिन्न । यो नै हाम्रो पार्टी नेकपा (माओबादी केन्द्र) को आधिकारिक निर्णय र धारणा हो। त्यसैले कुनै भ्रममा नपरौँ ।”