१४ बैशाख २०८१, शुक्रबार

पाँच दलीय गठबन्धन चुनावसम्मै जान्छ : प्रधानमन्त्री देउवा

250824594 623030372200138 7326946079576836525 n 1536x1152 1 1024x768 1

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताएका छन् । प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्किएका देउवाले सर्वोच्च अदालतमा अहिले देखिएको विवादका विषयमा भने कुनै प्रतिक्रिया जनाएनन् ।

प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनका क्रममा विश्वका नेताबाट राम्रो सद्भाव पाएको बताए ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २ नोभेम्बरमा साइडलाइन द्विपक्षीय भेटवार्ता भएको थियो । “पशुपति र मुक्तिनाथ दर्शनका लागि मैले उहाँलाई नेपाल बोलाएको छु । उहाँले आउँछु भन्नुभएको छ,” देउवाले भने ।

मोदी आउने यकिन मिति भने निश्चित नभएको तर परराष्ट्र मन्त्रालयले द्विपक्षीय अनुकूलताका आधारमा तय गर्ने देउवाले बताए ।

मोदीले पनि देउवालाई भारत भ्रमणको निम्तो दिएका छन् । “उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो,” उनले भने । मोदीसँगको भेटमा देउवाले ग्लास्गोमा रासायनिक मलको आपूर्ति तथा दुईवटा हवाई रुटको अनुमति दिन आग्रह गरेका थिए ।