१४ बैशाख २०८१, शुक्रबार

पहिलो जित वेस्ट इन्डिजको टी–ट्वान्टी विश्वकप क्रिकेटमा

west indies

बंगलोदेश लगातार दोस्रो खेलमा पराजित हुँदा वेस्ट इन्डिजले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई तीन रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रन बनायो ।

बंगलादेशको जितमा टोन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।

वेस्ट इन्डिजका रबी रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनायो ।

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए ।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान दुई विकेट लिए ।

जितसँगै वेस्ट इन्डिजले तीन खेलमा दुई अंक जोडेको छ । समूह एकको वेस्ट इन्डिज पाँचौं स्थानमा रहेको छ । बंगलादेशले लगातार तेस्रो हार व्यहोरेको छ ।