४ बैशाख २०८१, मंगलवार

वेस्टइन्डिज विरुद्धको टेस्ट सिरिज इङल्याण्डलाई, इङल्याण्डका ब्रोडले लिए ५ सयौं विकेट

england westindies test win

इङल्याण्डले वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज जितेको छ । अन्तिम टेस्टमा वेस्टइन्डिजलाई २६९ रनले पराजित गर्दै इङल्याण्डले सिरिज २-१ ले जितेको हो ।

तेस्रो टेस्टमा इङल्याण्डले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो भने वेस्टइन्डिज १९७ रनमा अल आउट भएको थियो । त्यस्तै पहिलो इनिंगमा १७२ रनको अग्रता बनाएको इङल्याण्डले दोस्रो इनिंगमा ६ विकेट गुमाउदै २२६ रन थप बनाएर पारी घोषणा गर्दै वेस्टइन्डिजलाई ३९९ रनको लक्ष्य दिएको थियो ।

तेस्रो टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले चौथो दिन वर्षाको कारण खेल खेल्न सकेन । पाँचौ दिन इङल्याण्डले उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई ३७.१ ओभरमा १ सय २९ रनमा अल आउट गर्यो ।

तेस्रो टेस्टको दोस्रो इनिंगमा इङल्याण्डका ब्रोडले ३ विकेट लिदै आफ्नो क्यारियरमा ५ सयौं विकेट लिएका हुन् । उनले ओपनर क्रेग ब्रेथवेटलाई १९ रनमा एलबिडब्लू आउट गर्दै आफ्नो टेष्ट करिअरको पाँच सय विकेट पूरा गरे ।

यस सिरिजमा सर्वाधिक १६ विकेट लिएका इङल्याण्डका का स्टुअर्ट ब्रोड यस प्लेयर अफ ड सिरिज बनेका छन् । साथै ब्रोड तेस्रो टेस्टमा १० विकेट लिदै प्लेयर अफ द म्याच समेत बनेका छन् ।