११ बैशाख २०८१, मंगलवार

चितवनमा महाधिवेशन सारेर केपी ओलीले गल्ती गरेः प्रचण्ड

Prachanda Pic
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा –एमाले)ले चितवनमा महाधिवेशन सारेर गल्ती गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले आज (शुक्रबार) विहान गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बुटवलबाट महाधिवेशन चितवन सारेर ओलीको अर्को गल्ती गरेको टिप्पणी गरे ।

‘बुटवलमा तय भइसकेको महाधिवेशन एकाएक चितवनमा सारेर केपी ओलीले ठूलो अर्को गल्ती गरे, यो ओली हारेको प्रमाण हो’–अध्यक्ष प्रचण्डले भने । उनले बुटवलबाट महाधिवेशन ल्याए पनि यसको फाइदा आफैले उठाउने दावी गरे ।