७ बैशाख २०८१, शुक्रबार

बलिउड फिल्म ‘उचाइ’को नेपाल सेड्युल सम्पन्न

uchai 63

नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाइ’ले नेपाल सेड्युल सम्पन्न गरेको छ । दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो ।

खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा सुटिङ भएको फिल्मको शुक्रबार पहिलो सेड्युल सकिए पनि दोस्रो सेड्युल भारतका विभिन्न स्थानमा हुनेछ ।

राजश्री प्रोडक्सनले निर्माण गरेको यो फिल्मको सुटिङको ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज बाडजात्याले निर्देशन गरेको फिल्ममा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडा आदि कलाकारले नेपाल आएर सुटिङ गरेका थिए ।

फिल्ममा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर सुटिङ गरिएको थियो । फिल्मका केही टोली सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । फिल्मको मुख्य टोली शनिबार एअर इन्डियाको विमानबाट भारत फर्किनेछ ।