१२ बैशाख २०८१, बुधबार

अस्पताल भर्ना सुपरस्टार रजनीकान्त

rajnikanth

भारतीय सुपरस्टार रजनीकान्त अस्पताल बिहीबार राति भर्ना भएका छन् । ७० वर्षीया रजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नाईको काभेरी अस्पतालमा भर्ना भएको र एक दुई दिनमा ‘डिस्चार्ज’ हुने विश्वास व्यक्त गरेकी छन् ।

रजनीकान्तका समर्थकले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । कतिपयले रजनीकान्तलाई फिल्म अभिनय छाडेर आराम गर्ने सल्लाह दिएका छन् । रजनीकान्त स्वास्थ्य परीक्षणका लागि हरेक वर्ष अमेरिका जाने गरेका छन् ।

यस वर्ष उनी १८ जुनमा अमेरिका गएर तीन हप्ता बसेका थिए । अघिल्लो वर्ष भने कोरोना महामारीका कारण उनी अमेरिका जान पाएनन् । उनले सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गराएका थिए ।