८ बैशाख २०८१, शनिबार

मुलुकमा फेरि राजनीतिक आन्दोलन आवश्यकः अध्यक्ष प्रचण्ड

Prachanda 1

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सकारात्मक परिवर्तनका लागि पुनः एक पटक राजनीतिक आन्दोलनको खाँचो रहेको बताउनुभएको छ ।

पार्टीको महानगर कमिटीले शुक्रबार चितवनको भरतपुरमा चाडपर्वलक्षित गरी आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताउनुभयो । राजनीतिक आन्दोलन भनेको हतियार उठाउने, हिंसामा उत्रने भनेको होइन उहाँले प्रष्टिकरण दिनुभयो । पछिल्ला दिनमा परिवर्तनका बाहक शक्तिहरुलाई घेराबन्दी गर्ने तयारी भइरहेकोले त्यस्तो प्रकारको आन्दोलनको खाँचो रहेको उहाँको भनाई छ ।

यसअघि भरतपुर महानरप्रमुुख रेनु दाहालले काँग्रेस सभापति जीतनारायण श्रेष्ठले चितवनबाट प्रचण्ड र रेणु दाहाललाई लखेट्ने भनेर दिनुभएको अभिव्यक्तिको प्रचण्डले आलोचना गर्नुभयो । भरतपुर अस्पताल र क्यान्सर अस्पतालको विषयमा राखेको जिज्ञासामा प्रचण्डले भरतपुर अस्पताललाई युनिफाइड संस्थाको रुपमा विकास गर्ने बताउनुभयो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर उपचार क्षेत्रको अधिकार प्राप्त केन्द्रको रुपमा विकास गर्न आफ्नो पहल रहने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।