
नेपाल बार एशोसियसन परिसरमा वकिलहरुबीच कुटाकुट भएपछि हास्य कलाकार दीपक राज गिरीले कटाक्षा गरेका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेको छन्, ‘कानून ब्यबसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ?’
उनले बारको अगाडि रेष्टुरेन्ट थपेपछि जति कुटाकुट गरेपनि हुने बताएका छन् । उनले लेखेका छन्, ‘ कानून ब्यबसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो ।’
