१६ चैत्र २०८०, शुक्रबार

एमाले अध्यक्ष ओलीद्वारा दुई नयाँ केन्द्रीय सदस्यलाई पद तथा गाेपनीयताकाे शपथ

uml

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई जना नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे छ ।

बालकोटस्थित आफ्नै निवासमा ओलीले केन्द्रीय सदस्यद्वय कुन्दन कुश्वाहा र महमद समीरलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।

गत साेमवार बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । बालकाेटमा सम्पन्न शपथग्रहण कार्यक्रममा अध्यक्ष ओली, केन्द्रीय पदाधिकारीहरूकाे उपस्थित रहेकाे थियाे ।