१६ चैत्र २०८०, शुक्रबार

पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन

punit rajkumar

चर्चित कन्नड अभिनेता पुनीत राजकुमारको निधन भएको छ । शुक्रबार बिहान स्वास्थ्यमा खराबी देखिएपछि उनी बेग्लुरुस्थित विक्रम अस्पताल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

पुनीतकाे ४६ वर्षको उमेरमा निधन भएकाे हाे । उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रूपमा गरेका थिए । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।