८ बैशाख २०८१, शनिबार

भ्रष्टाचाररहित कार्यकाल बनाउँछु : मुख्यमन्त्री पाण्डे

Rajandra Pande 2

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचार रहित हुने बताउनुभएको छ । यो सरकारले सुशासन दिने कोसिस गर्ने भन्दै निश्चित अवधि भित्र जनताले राखेको कुरालाई समयमै समाधान गरिने उहाँले बताउनुभयो । ’सरकारले समाजवादको कार्यक्रमलाई अघि सारेर अघि बढ्नेछ । सर्वहारा, श्रमजीवी, मजदुर किसान तथा गरिब जनताको पक्षमा प्रदेश सरकारको कार्यक्रम अघि सार्ने छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । अघिल्लो सरकारको गलत काम र अल्पमतमा सरकार परेपछि रकमसम्बन्धी निर्णय गरेको भए त्यो निर्णय उल्टिने उहाँले बताउनुभयो ।

अहिलेको नयाँ सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन केही समय लाग्ने भन्दै मन्त्रालय थप हुने पाण्डेले बताउनुभयो । मुख्यमन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीसँगै बोल्दै पाण्डेले केन्द्रमा भएको गठबन्धनको निर्णय अनुसार आफू मुख्यमन्त्री बनेकोले प्रदेश सरकारको नेतृत्व आधा समय या पूरा समय हुने गठबन्धनको निर्णयमा भरपर्ने बताउनुभयो ।