८ बैशाख २०८१, शनिबार

तल्लो तहमा ३ पद थप्ने नेपाल प्रहरीको तयारी

police adhikrit

नेपाल प्रहरीले तल्लो तहमा ३ पद थप्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ०७७ चैतमा पद थप्ने प्रस्ताव गरेको थियो । प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर पद थप्ने प्रस्तावमा गृह मन्त्रालयले भने कुनै निर्णय दिएको छैन । सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र बरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्न प्रस्ताव गरिएको छ । तीनवटा पद थप्दा १९ करोड आर्थिक भार थपिने बताइएको छ । प्रहरी प्रधान कार्यालयको सो प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । अर्थबाट स्वीकृत भएर गृहमा फर्किएको सो प्रस्तावमा गृहले भने अघि बढाएको छैन ।

पद थप्ने प्रस्तावमा लोकसेवा आयोगको परामर्श लिएर गृह मन्त्रालयले अन्तिम मस्यौदाका लागि कानुन मन्त्रालयमा पठाउन बाँकी छ । कानुन मन्त्रालयले अन्तिम मस्यौदा पठाएपछि गृहले प्रहरी नियमावली–२०७१ लाई संशोधन गर्न मन्त्रिपरिषद्मा लैजानुपर्छ ।