
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।