७ बैशाख २०८१, शुक्रबार

चितवनमा आफू निर्वाचित क्षेत्रको घरदैलो गर्दै प्रचण्ड

247147422 417975033042524 3887838965230826454 n 768x576 1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) यतिबेला गृहजिल्ला चितवनमा छन्। मंगलबार चितवन पुगेका उनी आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलोमा व्यस्त बनेका छन्।

भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अबको चुनाव आफ्नका लागि अन्तिम चुनाव हुने बताएका थिए। र,अब पनि चितवनबाटै चुनाव लड्ने घोषणा गरेका प्रचण्ड बुधबार सहिद परिवार र तथा जनताको घरदैलोमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ। प्रचण्ड भोली (बिहिबार) माडी जाने कार्यक्रम छ । शुक्रबार भरतपुरस्थित पार्टी कार्यालयमा प्रचण्डको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।

249151713 417975109709183 1730025855024658049 n

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले घरदैलोका तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यसबारे जानकारी दिएकी छन्। प्रचण्ड प्रतिनिधि सभा निर्वाचनमा चितनव क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।