८ बैशाख २०८१, शनिबार

आज बस्दै नेकपा एमालेको स्थायी कमिटी बैठक, यी हुन् बैठकका एजेण्डाहरु

Uml New office 1024x538 1

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो ।

एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

कार्यालय सचिब तामाङका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन् ।

एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने जनाइएको छ ।

एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। आजको बैठकले महाविधेशनले आयोजना स्थलबारे समेत निर्णय गर्ने बताइएको छ । एमालेको दशौं महाधिवेशन बुटवल वा चितवनमध्ये कुनै एकमा गर्ने तयारी छ ।