६ बैशाख २०८१, बिहीबार

सानदार जितमा बेन्फिकामाथि बायर्नको १४ मिनेटमा चार गोल

bayen munich1634779452

जर्मन क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि ४-० गोल अन्तरको सानदार जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगलको बेन्फिकालाई दोस्रो हाफको १४ मिनेटमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।

बायर्नको फराकिलो जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट दिए । रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा एक बेन्फिकाका एभर्टनले आत्माघाती गोल गरे ।

पहिलो हाफ बायर्नले नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।

७०औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८०औँ मिनेटमा एभर्टनले आत्मघाती गोल गर्दा बायर्न २(० ले अगाडि बढ्यो ।

८२औ्ँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए ।

बुधबार राति नै भएको समूह ुईु को अर्को खेलमा जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले डेनामो किएभमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ ।

यो जितपछि समूह ‘ई’ मा अपराजित रहेको बायर्नको ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा छ ।

    सम्बन्धित समाचार...