१५ चैत्र २०८०, बिहीबार

चितवनमा कपडामा पोका पारेर फालेको अवस्थामा नवजात शिशुको शव भेटियो

sisu

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१०, खगेरी पुलस्थित चौरमा एक शिशुको शव फेला परेको छ ।

आज विहान चौरमा कपडाले पोका पारेर फालिएको अवस्थामा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार ४/५ दिन अघिको जन्मिएको जस्तो देखिएको शिशुको शव फेला परेको हो ।

प्रहरीले अहिले घटना बारे अनुसन्धान गरिरहेको छ ।