१६ चैत्र २०८०, शुक्रबार

राप्ती नदीपारी फसेका चारजनाको उद्धार

rapti1634623321 62

राप्ती नदीपारी फसेका चारजनाको मंगलबार बिहान उद्धार गरिएको छ । वनकरेली टिप्न राप्तीपारी गएका डुडुवा गाउँपालिका वडा नम्बर ४ का चारजनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेकाे हाे ।

डुडुवा–४, खालेमसाहका ५५ वर्षीय सौखत नाउ, ४५ वर्षीय सब्बीर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नजिर खाँ बाढीमा फसेका थिए । सोमबार अपरान्ह नदी पारी गएका उनीहरु बाढी आएपछि फसेका थिए । सातजना नदी पारी गएकोमा नदीको सतह बढ्न थालेपछि तीनजना साँझ नै घर फर्किएका थिए । साँझ नै प्रहरीलाई खबर गरे पनि रात परेकाले उद्धार हुन सकेको थिएन । बाढीमा फसेकाहरु रुखमा चढेर बसेकाले सकुशल रहेको जानकारी पाएकाले मंगलबार बिहान उद्धार गरिएको थियो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले नदी पारी गएका चारजना रातभरि फसेको र बिहान उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रबर बोट, लाइफ ज्याकेट लगाएर उद्धार गरेको जानकारी दिनु भयाे ।

आइतबारदेखि परेको पानीले नदी, नालाको सतह बढेको छ । जिल्ला विपद व्यवस्थापन केन्द्रका अधिकृत रुपन ज्ञवालीले राप्ती नदीको सतह बढ्दा पारी गएका चारजना रातभरी फसेको जानकारी दिए ।

    सम्बन्धित समाचार...