
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१०, खगेरी पुलस्थित चौरमा एक शिशुको शव फेला परेको छ ।
आज विहान चौरमा कपडाले पोका पारेर फालिएको अवस्थामा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार ४/५ दिन अघिको जन्मिएको जस्तो देखिएको शिशुको शव फेला परेको हो ।
प्रहरीले अहिले घटना बारे अनुसन्धान गरिरहेको छ ।