१५ बैशाख २०८१, शनिबार

इटालीमा कोरोना भाइरसका कारण २३ डाक्टरको मृत्यु

italy corona virus

कोरोना भाइरस संक्रमणका कारण २३ इटालियन डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको महामारी सुरु भएयता २३ डाक्टरहरुको मृत्यु भएको हो ।

इटालियन चिकित्सक संघकाअनुसार मृत्यु भएका २३ मध्ये १९ जना लोम्बर्डी क्षेत्रमा काम गर्ने डाक्टरहरु हुन् । लोम्बर्डी क्षेत्र इटालीको सबैभन्दा बढी कोरोना भाइरस संक्रमणको चपेटामा परेको क्षेत्र हो ।

अन्य ४ जना डाक्टर भने उत्तरी इटालीको इमिलिया रोमाग्ना, दक्षिणी इटालीको नेपल्स, मध्य इटालीको मर्चै क्षेत्रमा कार्यरत रहेका थिए । इटालीमा ४ हजार ८ सय २४ स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । यद्यपि, संघले केही डाक्टरहरुको अचानक मृत्यु भएकोले सिधै भाइरसको संक्रमणबाटै मृत्यु भएको हो कि होइन पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

इटालीमा उक्त भाइरस संक्रमणका कारण हालसम्म झण्डै ६ हजार जनाको मृत्यु भैसकेको छ भने ५९ हजार १ सय ३८ जनामा संक्रमण देखिएको छ । एजेन्सी