१४ बैशाख २०८१, शुक्रबार

हवाई टिकट काटिसकेका यात्रुले रकम फिर्ता पाउने

tia domestic

सरकारले भोली बिहान ६ बजेबाट एक साताका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिको बैठकले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

उक्त निर्णयसँगै मंगलबारबाट स्वतः आन्तरिक उडानतर्फ तय भएका सबै सेडुल उडान रद्द हुनेछ। तर, आपत्कालीन तथा फाइटर उडान भने बन्द हुने छैनन्। मंगलबारदेखि एक सातासम्मको लागि टिकट काटेर रकम भुक्तानी गरेका यात्रुले सत शत प्रतिशत नै रकम फिर्ता पाउने भएका छन्।

सरकारले आन्तरिक उडान नै बन्द गर्ने निर्णय गरेपछि टिकट काटेर रकम भुक्तानी गरेका यात्रुले शत प्रतिशत नै रकम फिर्ता पाउने श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए।

साथै एक सातापछिको लागि टिकट सार्न चाहने यात्रुले पनि थप रकम तिनु नपर्ने उनको भनाइ छ।

अहिले आन्तरिक उडानमा दैनिक २ सय ५० को हाराहारीमा उडान तथा अवतरण भइरहेको छ। सोमबारदेखि लामो दूरीको सार्वजनिक सवारी बन्द भएसँगै हवाई यात्रा गर्नेको भिड बढको थियो।

अहिले आन्तरिक उडानमा काठमाडौंबाट भद्रपुर, विराटनगर, तुम्लिङटार, सुर्खेत, धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, सिमरा, राजविराज, लुक्ला, चितवन, पोखरालगायत ३४ भन्दा बढी विमानस्थलमा उडान हुँदै आएको छ।