८ बैशाख २०८१, शनिबार

इटाली कोरोनाभाइरसको कारण एकैदिनमा ४७५ को निधन

coronavirus italy

एकै दिनमा ४७५ को मृत्यु भएपछी इटालीमा कोरोनाभाइरसबाट मर्नेहरूको संख्या बढेर झण्डै ३००० पुगेको छ । यो संख्या आहिले सम्मका सबैभन्दा ठूलो वृद्धि हो।

पुष्टि भएका कूल ३५,७१३ संक्रमित मध्य ४००० भन्दा बढी स्वस्थ भएर घर फर्किएका छन । इटालीमा सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्डी हो जहाँ कोरोनाभाइरसबाट एक दिन मा ३१९ जना को निधन भएको थियो ।

इटाली, चीन पछि विश्वको सबैभन्दा बढी कोरोना प्रभावित देश हो ।चीनमा यो भाइरसको उत्पत्ति भएको थियो । अहिले सम्म कम्तिमा कोरोनाका कारण ७५८८ मानिसको निधन भएको छ जसमा अधिकांश चीनमा भनेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार २००,००० भन्दा बढी पुष्टि भएका केस मध्ये ८० प्रतिशत युरोप र पश्चिमी प्रशान्त क्षेत्रमा भएको छ।

यस संक्रमणलाई कम गर्न धेरै देशहरूले कडा निती लिएका छन्, सामाजिक दूरी कायम गर्ने , भिड भाड कम गर्ने देखी लिएर खेलका कैयन गतिविधी अहिले स्थगित भएका छन । संक्रमण नियन्त्रणमा लिन यस किसिमको प्रयासले थप मद्दत गर्ने देखिएको छ ।