६ बैशाख २०८१, बिहीबार

देउवाको व्यस्तताले पार्टीका काम ओझेलमा

sher 69
फाइल फोटो

नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेसको १४औं महाधिवेशन ओझेलमा परेको छ ।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टीको कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको छ ।

देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा बढी समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् ।

कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार्टीका काममा भन्दा सरकार र गठबन्धनका काममा अल्झँदै आएका छन । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।