८ बैशाख २०८१, शनिबार

एमसीसी पास गरिँदैन भने नेपाल अफगानिस्तान बन्छः बाबुराम भट्टराई

Dr Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नगरिए नेपाल अफगानिस्तान जस्तै मुलुक बन्ने बताएका छन् ।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पार्टीद्वारा आयोजित कार्यक्रममा डा. भट्टराईले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन राख्नका लागि भए पनि एमसीसी पास गर्नुपर्ने नत्र नेपाल अफगानिस्तान जस्तै बन्ने बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्नका लागि पनि एमसीसी पास गर्नुको विकल्प छैन । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ । भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्नेछ ।’

यसकारण नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्नका लागि भए पनि एमसीसी पारित गर्नुपर्ने उनको भनाइ छ ।