१२ बैशाख २०८१, बुधबार

सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै

corona vaccine arrives scaled
फाइल फोटो

सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल ल्याइने भएको छ ।

सरकारले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले आज दिउँसो २ बजे भारतबाट खरिद गरिएको खोपको १० लाख मात्रा काठमाडौं आइपुग्ने बताउनुभयो । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइनेछ ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो ।

भारत सरकारले खोप निर्यातमा रोक लगाएपछि सरकारले खरिद गरेको खोप नेपाल आउन सकेको थिएन ।