१४ बैशाख २०८१, शुक्रबार

कोभिसिल्ड खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

khop covide
सांकेतिक तस्विर

आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो मात्रा लगाउने जानकारी दिएको हो । मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा लगाइने छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिएको छ ।

महाशाखाले जापान र भुटानबाट आएको खोप लगाइने जनाएको छ । काठमाडौं स्वास्थ्य कार्यालयले काठमाडौं जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जनाएको छ । काठमाडौंमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइँदैछ ।

Khop Notice 25 574x768 1