१५ चैत्र २०८०, बिहीबार

नेपाललाई कोभिड खोपमा सफलता, डब्लुएचओले दियो बधाई

WHO 1

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशे ढुङ्गा पार गरेको छ ।

नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिड विरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ ।

“सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिड विरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ”, डब्ल्युएचओ नेपालले ट्विटरमार्फत बधाई दिँदै भनेको छ ।

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।