२४ श्रावण २०७९, मंगलवार

एक वर्ष पूरा खोप अभियान, तीन करोडभन्दा बढी मात्रा खोप लगाइयो

16254622971625462297
फाइल फोटो

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको आज एक वर्ष पुगेको छ ।

खोप अभियान शुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

दुई लाख ८२ हजार ७ सय २४ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् । मन्त्रालयले लक्षित जनसङ्ख्याको ८२ दशमलव ६ प्रतिशतले एक मात्रा र ६८ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका जानकारी दिएको छ ।

अहिले नेपालमा १२ वर्षदेखि माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने कार्य चलिरहेको छ ।