१६ चैत्र २०८०, शुक्रबार

मन्त्रिपरिषद्ले भोलि पूर्णता पाउँदै

cabinet
फाइल फोटो

सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् । ‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

हिजो सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चाररचारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए । सत्तारुढ तीन दलले एकरएक राज्यमन्त्री पाउने सहमति गरेका छन् ।