६ बैशाख २०८१, बिहीबार

अवार्ड कार्यक्रममा आँचलको आक्रोश : कलाकारलाई सम्मान दिनुस् !

Capture 18

सोमबार काठमाडौँको चन्द्रागिरिमा आयोजना भएको ‘वेस्ट म्युजिक अवार्ड २०२१’ कार्यक्रम आयोजना गरिएको थियो । कलाकारहरूलाई सम्मान स्वरूप अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमलाई अझै रोचक बनाउनको लागी कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले स्टेजमा गएर करिश्मा मानन्धर , शोभित बस्नेत, फिल्मी कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुवेदी, अभिनेत्री पूजा शर्मा, आँचल शर्मा युट्युबवर उत्सव रसाइली लगायत अन्य कलाकारहरूलाई तिखो व्यङ्ग्य प्रहार गरेका थिए ।

उनले गरेको तिखो व्यङ्ग्य प्रति अभिनेत्री आँचल शर्माले कलाकारको व्यक्तिगत जीवनमा नराम्रो प्रभाव पार्न सक्ने विषयवस्तु आफ्नो कमेडीमा विषय नबनाउन कमेडियनलाई आग्रह गरेकी छन् ।

उनले कलाकारको व्यक्तिगत विषयमा व्यङ्ग्य गर्दा नकारात्मक असर नपर्ने गरेर गर्न सुझाइन् । साथै इज्जत दिएर कलाकार भनेर बोलाएर कलाकारको नै यसरी बेइज्जत गर्न थालेपछि स्टेज चढ्न मन नलाग्ने समेत बताएकी छन् । सोही कार्यक्रममा कमेडियन खनालले आँचलको विवाह अगाडि पलसँग रहेको प्रेमको हल्लाको विषय समेत आफ्नो व्यङ्ग्य​को रूपमा प्रस्तुति दिएका थिए ।

सुन्दरको उक्त प्रस्तुतिमा उनी मज्जाले हाँसेकी थिइन् । कार्यक्रममा कमेडियन खनालले करिश्मा मानन्धरको केपी ओलीले कल गरेको विषयलाई लिएर रोस्ट गरेका थिए भने पललाई समीक्षा र गरिमालाई लिएर रोस्ट हानेका थिए । त्यहाँ उपस्थित कलाकारहरूलाई मात्र नभई उनले अन्य कलाकारअरुलाई समेत रोस्ट हानेका थिए ।